
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वेक्षण अनुसार २०८०/८१ मा मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई करिब ४ लाख ४८ हजार मेट्रिक टन पुगेको छ।
- मासु उत्पादनमा भएको वृद्धिका कारण प्रति व्यक्ति मासु उपलब्धता १५ के.जी. पुगेको छ।
- चालु आर्थिक वर्षको फागुनसम्म खाने माछाको उत्पादन ७५.८ हजार मेट्रिक टन रहेको जानकारी दिइएको छ।
१५ जेठ,काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा राँगा भैंसी, भेडा, सुंगुर / बंगुर तथा खसीबोकाको मासु उत्पादनमा वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८०/८१ मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई करिब ४ लाख ४८ हजार मेट्रिक टन पुगेको देखिएको हो । यससँगै प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता १५ के.जी. पुगेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म खाने माछाको उत्पादन ७५.८ हजार मेट्रिक टन रहेको छ। गत आर्थिक वर्ष खाने माछाको उत्पादन १२३.४ हजार मेट्रिक टन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4