+
+
Shares

वर्षमानले थालेको प्रचलनलाई विष्णु पौडेलको निरन्तरता

अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरु प्रचलनलाई निरन्तरता दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्मित झोलामा बजेट पुस्तिका राख्ने परम्परा निरन्तरता दिएका छन् ।
  • पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेट नेपाली झोलामा राखेका थिए।
  • अर्थ मन्त्रालयले नेपाली उत्पादन प्रवर्द्धनको उद्देश्यले नेपाली झोला प्रयोग गरेको जनाएको छ।

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरु प्रचलनलाई निरन्तरता दिएका छन् ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पुस्तिका गाँजाबाट निर्मित नेपाली झोलामा राखेर संसद् भवनमा लगेका थिए । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले बताएका थिए ।

यसअघि विदेशी छालाबाट निर्मित महंगो ब्रिफकेश’ मा बजेट पुस्तिाका राख्ने गरिएको थियो । झट्टा हेर्ला अघिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय उत्पादनबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए ।

‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो । त्यतिबेला र अहिलेकोमा केही फरक छ । तर झोला नेपाली हो । नेपाली उत्पादन प्रवर्द्धन गर्ने प्रचलन जसले गरेको भए पनि निरन्तरता दिनुपर्छ भन्ने हो,’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?