+
+
Shares

उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:५४
सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय । फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा विभाजन गर्न प्रस्ताव गरेको छ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यूरोपेली यूनियनको कालोसूचीबाट नेपाललाई हटाउन आवश्यक कदम चालिने बताए।
  • त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट विनियोजन गरिएको छ र अन्य विमानस्थलहरूलाई पर्यटन र श्रमिक सुविधाका लागि विकास गरिनेछ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषणा गरेको छ । यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव भित्र नेपाललाई यूरोपेली यूनियनको कालोसूचीसबाट समेत हटाउन आवश्यक काम गरिने बताए । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट सरकारले विनियोजन गरेको छ ।

भैरहवा विमानस्थल श्रमिकको किफायती हुने गरी सञ्चालनमा ल्याउने र पोखरा विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्ने समेत घोषणा उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?