+
+
Shares

वीरलाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने

सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वीर अस्पताल सुधार गर्न बजेट प्रस्ताव गरे।
  • बजेटले अस्पतालको पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनेछ।
  • उनले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गरिने बताए ।

१५ जेठ, काठमाडौं । सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।

देशकै ठूलो र जेठो अस्पताल वीर अस्पतालबाट अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

त्यसका लागि पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?