+
+
Shares

सडकबाटै च्यातेर नयाँ सविधान जारी गर्नुपर्ने आवश्यकता आउँछः कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकबाटै नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताए।
  • उहाँले आन्दोलन जारी राख्ने र थप मान्छे प्रदर्शनमा आउन आग्रह गर्नुभयो।
  • राजावादीहरुले रत्नपार्कमा कोणसभा गरी प्रदर्शन गरे।

१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सडकबाटै अहिलेको संविधान च्यातेर नयाँ संविधान बनाउनुपर्ने अवस्था आउने बताएका छन् ।

राजावादीहरूले बिहीबार काठमाडौंको रत्नपार्कमा गरेको प्रदर्शनमा बोल्दै थापाले भने, ‘सडकबाटै संविधान च्योतर नयाँ संविधान जारी गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले बेलैमा समझदारीमा आउन आग्रह गर्दछु ।’

उनले आन्दोलन जारी राख्ने पनि बताएका छन् । गाउँगाउँबाट थप मान्छे आउने क्रम जारी रहेकाले भोलिदेखि प्रदर्शन थप चर्काउने उनको दाबी थियो । काठमाडौंबासीलाई पनि प्रदर्शनमा आउन थापाले आग्रह गरे ।

‘काठमाडौं चिसो ठाउँ हो । यहाँ मान्छे तात्न समय लाग्छ । त्यो कुरा मैले बुझेको छु । अब उहाँहरू तान्नुहुन्छ । आन्दोलन तात्छ,’ थापाले भने ।

दिउँसो २ बजे रत्नपार्क क्षेत्रमा आइपुगेका राजावादीहरूले टुँडिखेल परिक्रममा गरेर पुन: रत्नपार्कमा आएर कोणसभा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?