
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ओटीटी सेवाको नियमन गर्न कानुन ल्याउने घोषणा गरे।
- बजेटमा भनिएको छ, '…दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गरिनेछ।'
- उहाँले विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने बताए।
१५ जेठ, काठमाडौं । सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ ।
बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ओटीटी नियमन गर्न कानुन बनाउने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गरिनेछ ।’
साथै, उनले विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4