+

नेपाली क्रिकेट टोली स्कटल्याण्ड ए सँग पराजित

२०८२ जेठ  १६ गते ७:३९ २०८२ जेठ १६ गते ७:३९
नेपाली क्रिकेट टोली स्कटल्याण्ड ए सँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोली स्कटल्याण्ड ए सँगको अभ्यास खेलमा १०२ रनले पराजित भयो।
  • खेलमा नेपाल ११८ रनमा अलआउट भयो ।
  • नेपाली टोलीले दोस्रो अभ्यास एकदिवसीय खेल शनिबार खेल्नेछ।

१६ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड ए सँगको अभ्यास खेलमा हार बेहोरेको छ ।

युकेको अभ्यास खेलमा अपरजित रहेको नेपाली टोली स्कटल्याण्ड पुगेर भने पहिलो अभ्यास खेलमा पराजित भएको हो । नेपाल १०२ रनले पराजित भयो ।

वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा स्कटल्याण्ड ए ले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल २९.४ ओभरमा ११८ रनमा अलआउट भयो ।

आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए । गुल्शन झाले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि जैनुल्लाह इहसानले ४ विकेट लिए । म्याकेन्जी जोन्सले ३ विकेट लिँदा जेम्स डिकिन्सनले २ र ओली डेभिडसनले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ए ले ४० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । कप्तान क्रिस म्याकब्राइडले सर्वाधिक ७२ रन बनाए । त्यस्तै जेमी डन्कले ४८ तथा ओवेन गुल्डले २८ र लियाम नेलरले २५ रन बनाए ।

नेपालका सोमपाल कामीले ८ ओभरमा ३५ रन दिएर ४ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३६ रन दिएर २ विकेट लिए। गुल्शन झा र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालले शनिबार दोस्रो अभ्यास एकदिवसीय खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय