+

सुमन र लाक्पाले जिते तेन्जिङ हिलारी एभरेष्ट म्यारथनको उपाधि

२०८२ जेठ  १६ गते ९:५० २०८२ जेठ १६ गते ९:५०
सुमन र लाक्पाले जिते तेन्जिङ हिलारी एभरेष्ट म्यारथनको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुमन कुलुङ र लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि जिते।
  • सगरमाथाको ७२औं वार्षिकोत्सवको अवसरमा हिमालय एक्सपिडिसनले म्याराथन आयोजना गरेको हो।
  • पुरस्कार विजेताले निर्धारित दूरी समयमै पूरा गरी पदक प्राप्त गरे।

१६ जेठ, काठमाडौं । सुमन कुलुङ र लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-५ का सुमन कुलुङले एभरेस्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ५० मिनेट २६ सेकेन्डमा पार गर्दै पहिलो भएका हुन् ।

सगरमाथाको सफल आरोहणको ७२औं वार्षिकोत्सवको अवसरमा हिमालय एक्सपिडिसन कम्पनीले हरेक वर्ष विश्वकै सर्वोच्च उचाइमा एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ ।

यस्तै रामेछापका गोपाल तामाङले ३ घण्टा ५५ मिनेट १२ सेकेन्ड समय निकाल्दै दोस्रो भए भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ का अर्जुन कुलुङले ४ घण्टा २ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

यसैगरी महिलातर्फको प्रहरी जवान लाक्पा ङिमा शेर्पाले उपाधि जितिन् । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ की लाक्पा ङिमा शेर्पाले निर्धारित दूरी ५ घण्टा १५ मिनेट ४६ सेकेण्डमा पूरा गरिन् । यस्तै अनिता राईले ५ घण्टा २८ मिनेट ०९ सेकेण्डमा मा दूरी पार गर्दै दोस्रो भइन् भने दिलकला गुरुङ ६ घण्टा ४० मिनेट ३१ सेकेण्ड समय निकाल्दै तेस्रो भइन् ।

यस्तै ७० मिटर अल्ट्रा क्याटेगरीमा रोल्पाका मनकुमार रोका मगरले उपाधि जिते । उनले निर्धारित दूरी  ८ घण्टा ८ मिनेट ०७ सेकेण्डमा पूरा गरे । किरण कुलु ८ घण्टा ३३ मिनेट ४५ सेकेण्डसहित सहित दोस्रो भए भने तेस्रो भएका धनराज कुलुङले ८ घण्टा ४५ मिनेट ०१ सेकेण्ड समय लगाए ।

 

तेन्जिङ हिलारी एभरेष्ट म्यारथन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय