+
+
Shares

अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्न एमाले महासचिवको परिपत्र

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही १५ जेठदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले अनेरास्ववियुको २४औं महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ।
  • महासचिव शंकर पोखरेलले २५ जेठदेखि हुने महाधिवेशनमा उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिए।
  • अनेरास्ववियुको महाधिवेशन २५ देखि २७ जेठसम्म काठमाडौंमा आयोजना हुनेछ।

१६ जेठ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुको आसन्न २४औं महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र जारी गरेको छ ।

महासचिव शंकर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही २५ जेठदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।

मल्लले महासचिव पोखरेलको परिपत्र शुक्रबार प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिए । एमालेको यही ११ जेठमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो ।

परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।’

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ ।

यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेरहद तोकेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ । अनेरास्ववियुको महाधिवेशन २५ देखि २७ जेठसम्म काठमाडौंमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?