+
+
Shares

३२ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १८:२८
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले १६ जेठमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक शोओजुन लुइलाई ३२ हजार अमेरिकी डलरसहित पक्राउ गरे।
  • उनी एअर चाइनाको उडानमार्फत चीन जान लागेका थिए र उनको लजेजमा रकम भेटिएको थियो।
  • पक्राउ परेका उनलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ।

१६ जेठ, काठमाडौं । अवैध ३२ हजार अमेरिकी डलरसहित विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय शोओजुन लुई छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

एअर चाइनाको उडानमार्फत उनी काठमाडौंबाट चाइना जान लागेका थिए । उनको लजेजमा ३२ हजार ४ सय अमेरिकी डलर भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?