
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
- प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार बरामद गरेको छ ।
१८ जेठ, काठमाडौं । गेस्टहाउसमा जुवातास खेलेको आरोपमा ११ जना काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।
काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4