+

क्लिनिक वानको रेविज खोप तालिम सम्पन्न

२०८२ जेठ  १८ गते १७:२४ २०८२ जेठ १८ गते १७:२४
क्लिनिक वानको रेविज खोप तालिम सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लिनिक वानले ललितपुरमा रेविज खोप सम्बन्धी एकदिने तालिम सम्पन्न गर्यो।
  • तालिममा डा. शेरबहादुर पुनले रेविज रोगको रोकथाम र खोपको महत्वबारे जानकारी दिए।
  • उनले रेविज रोगको मुख्य चुनौतीहरूमा गलत परामर्श र जनचेतनाको कमीलाई औंल्याए।

काठमाडौं । क्लिनिक वानले आयोजना गरेको रेविज खोप सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । शनिबार ललितपुरस्थित प्रधान कार्यालयमा सो तालिम सम्पन्न भएको हो।

तालिममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन प्रशिक्षक रहेका थिए ।उनले तालिममा रेविज रोग, यसको रोकथाम र खोपको महत्वबारे प्रस्तुति दिएका थिए ।

रेविज खोप लगाउनुपर्ने अवस्थाबारे डा. पुनले जनावरले टोकेको, चिथोरेको वा घाउमा र्‍याल परेको शङ्कास्पद अवस्थामा तत्काल खोप लिन सुझाव दिए ।

रेविज रोग नियन्त्रणका मुख्य चुनौतीहरूबारे बोल्दै डा. पुनले औषधि पसलहरूबाट गलत परामर्श, रेबिजबारे जनचेतनाको कमी र धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिलाई प्रमुख कारणका रूपमा औंल्याए ।

त्यस्तै, क्लिनिक वानका एक प्रतिनिधिले तालिमले स्वास्थ्यकर्मीहरूलाई रेविज रोगको रोकथाम र उपचारमा प्रभावकारी सेवा प्रदान गर्न थप सक्षम बनाएको बताए । तालिममा क्लिनिक वानका काठमाण्डौं, भक्तपुर र अन्य शाखाका नर्स, स्वास्थ्य सहायक र फार्मासिस्टहरूको समेत सहभागिता रहेको थियो ।

ए वान तालिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय