
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १८ जेठ काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ।
- बैठक राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग राख्ने आन्दोलनसँग सम्बन्धित छ।
- पक्राउ परेका सांसद दिपक सिंह र अध्यक्ष कमल थापा लगायतको विषयमा छलफल हुने अपेक्षा छ।
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको आन्दोलनको क्रममा आफ्ना सांसद दिपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि राप्रपाको आकस्मिक बैठक बोलाइएको हो ।
बैठक केहीबेरमै बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
गत १५ जेठदेखि जारी राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा थापासहित ८ जना पक्राउ परेका थिए ।
केहीबेरपछि प्रहरी परिसर काठमाडौं पुगेका सांसद सिंहलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ ।
राजावादीको प्रदर्शनका क्रममा आइतबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइएको थियो ।
राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ ।
प्रतिक्रिया 4