+
+
Shares

बन्दले सास्ती : अस्पताल हिंडेका बिरामी बाटोमै अलपत्र (तस्वीरहरू)

सुन्धारामा अस्पताल लैजान लागिएकी एक महिला यातायात अवरुद्ध हुँदा समस्यामा परेकी छिन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ १९ गते ११:५३

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन् ।

बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू पनि सडकमै अलपत्र परेका छन् ।

यसैबीच, सुन्धारामा अस्पताल लैजान लागिएकी एक महिला यातायात अवरुद्ध हुँदा समस्यामा परेकी छिन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लैजाने क्रममा सुन्धारामा सवारी साधन नपाउँदा समस्या भएको परिवारका एक सदस्यले बताए ।

उनी पेट र नसाको बिरामी रहेको र फलोअपका लागि अस्पताल लैजाने क्रममा सवारी साधन नपाउँदा बाटोमै अलपत्र पर्नु परेको हो ।

उनी मोटरसाइकलमा पनि बस्न सक्ने अवस्थामा छैनन् । फलोअपका लागि अस्पताल लान लागिएको परिवारका ती सदस्यले बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?