+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

स्कटल्यान्डविरुद्ध नेपाल बलिङ गर्दै

२०८२ जेठ  १९ गते १५:३१ २०८२ जेठ १९ गते १५:३१
स्कटल्यान्डविरुद्ध नेपाल बलिङ गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको क्रिकेट शृंखला सुरु भएको छ ।
  • पहिलो खेलमा नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।
  • कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे।

१९ जेठ, काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।

डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।

हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो ।

नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल

आईसीसी विश्वकप लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय