+
+
Shares

डल्ले र कन्य च्याउको भाउ बढ्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:१९
फाइल फोटो

२० चैत, काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो ।

सोमबार प्रतिकिलो २ सय ३३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य मंगलबार २० रुपैयाँले वृद्धि भई २ सय ५३ रुपैयाँ कायम छ । यस्तै कन्य च्याउको प्रतिकिलो मूल्य सामान्य बढेको छ ।

सोमबार कन्य च्याउ प्रतिकिलो १ सय ४६ रुपैयाँमा किनबेच भएको थियो भने मंगलबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?