+
+
Shares

चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन्।
  • मरुभूमीकरण रोक्न समयमै पहल गर्न र चुरे क्षेत्र संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
  • संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको उनले बताए ।

२० जेठ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।

मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई–मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उनको भनाइ छ ।

भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

गणतन्त्रवादी दलहरू आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले नागरिकमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्ने पनि बताए ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले नभई नेपाली आफैंले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने भन्दै उनले आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने बताए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैं बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सम्भव हुने स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा. यादवले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?