+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विपक्षी सहमत नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:४५

२० जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।

गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।

आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।

बैठक स्थगित भएपछि बैठकका लागि पुगेका सांसदहरू संसद् भवनबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?