+
+
Shares

राष्ट्र बैंकमा २ निर्देशक कार्यकारीमा बढुवा, जिम्मेवारी हेरफेर

केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले दुई निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
  • बैंकले जिम्मेवारी हेरफेर गरी विभाग प्रमुखहरूलाई नयाँ पदमा नियुक्त गरेको हो ।

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक डा. डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशक भएका हुन् ।

केन्द्रीय बैंक कार्यकारी निर्देशकमा २ निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा. पोखरेलको बढुवा भएको हो ।

त्यसैगरी कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएको सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दए ।

रिक्त कार्यकारी दरबन्दी पूर्तिसँगै जिम्मेवारी पनि हेरेफेर भएको छ । गत साता कार्यकारी निर्देशक भएका पोखरेले बैंकिङ विभाग प्रमुख भएका छन् ।

त्यसैगरी सोमबार कार्यकारी निर्देशक भएका रावल भने बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मामा छन । त्यसैगरी बैंकिङ सुपरीवेक्षणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक रामु पौडेल मुद्रा व्यवस्थापन विभाग प्रमुख भएका छन् । त्यसैगरी मुद्रा व्यवस्थापनका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाइ सूचना प्रवधि विभागको जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?