+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भोटो जात्राको भिडमा पाकेटमारी, समातिए ७ आरोपी

रातो मछिन्द्रनाथको भोटो जात्राको भिडमा पाकेटमारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले २० जेठमा काठमाडौंको रातो मछिन्द्रनाथको भोटो जात्रामा पाकेटमारको आरोपमा सातजनालाई पक्राउ गर्यो।
  • उनीहरूले १८ जेठमा भक्तजनहरूको नगद र मोबाइल चोरी गरेको आरोप छ र प्रहरीले ७ मोबाइल र २१,५५५ रुपैयाँ बरामद गरेको छ।
  • पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका २७ देखि ६७ वर्ष उमेरका व्यक्ति छन्।

२० जेठ, काठमाडौं । रातो मछिन्द्रनाथको भोटो जात्राको भिडमा पाकेटमारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखाको भीमेश्वर नगरपालिका–२ घर भएका २७ वर्षीय राकेश फुयाँल, मोरङको बेलबारी नगरपालिका–६ का ३० वर्षीय पूर्ण कार्की, सुनसरीको दुहवी नगरपालिका–६ शिवटोलका ३५ वर्षीय मनोज शाह हलुवाई, मकवानपुरको बागमती गाउँपालिका–८ का २३ वर्षीय अनुप मगर, उदयपुरको बेलटार नगरपालिका–७ का २६ वर्षीय पवन मगर र जनकपुरकी ६७ वर्षीया सृष्टि चौधरी छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरुले १८ जेठमा भोटो जात्रामा दर्शन गर्न आउने भक्तजनहरुको नगद तथा मोबाइल चोरी गरेको आरोप छ ।

उनीहरुबाट प्रहरील ७ थान मोबाइल र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?