
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन जाने तयारीमा छन्।
- उनी असार १४ गते चार दिने भ्रमणका लागि प्रस्थान गर्नेछन्।
- प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन्।
२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । प्रधानमन्त्री आउँदो असार १४ गते चार दिने भ्रमणका लागि स्पेन प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4