+
+
Shares

सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठकको समय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १५:०९

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ ।

आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका  थिए ।

सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?