News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले नेपाल क्रिकेट संघलाई दुई विधामा ग्लोबल मनोनयन गरेको छ।
- नेपाल एसियाली क्षेत्रीय विजेता बन्दै ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ विधामा मनोनयनमा परेको हो।
- नेपाल क्रिकेट संघ ‘आईसीसी रेक्सोना क्रियो फेस्टिभल अफ दि इयर’ विधाको विश्वस्तरीय सूचीमा पनि परेका छन्।
२१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने ‘आईसीसी डेभलपमेन्ट अवार्ड’ अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) दुई विधामा ग्लोबल मनोनयनमा परेको छ।
‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ विधामा नेपाल एसियाली क्षेत्रीय विजेता बन्दै ग्लोबल मनोनयनमा परेको हो। यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा, र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट इन्डोनेसिया पनि मनोनीत भएका छन्।
त्यस्तै, ‘आईसीसी रेक्सोना क्रियो फेस्टिभल अफ दि इयर’ विधाको विश्वस्तरीय सूचीमा पनि नेपाल क्रिकेट संघ पर्न सफल भएको छ। यस विधामा नेपालसँगै तान्जानिया, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र साउदी अरेबिया पनि परेका छन्।
आईसीसीले यसअघि नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’को अवार्ड प्रदान गरिसकेको छ ।
 
                    










 २०८२ जेठ  २१ गते १७:४९
                        २०८२ जेठ  २१ गते १७:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4