News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न २२६ रनको लक्ष्य पाएको छ ।
- टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो ।
- नेपालका लागि करण केसीले ३ तथा सोमपाल कामी, सन्दीप र ललितले समान २ विकेट लिए ।
२१ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले २२६ रनको लक्ष्य पाएको छ ।
स्कटल्याण्डको डुन्डीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो ।
नेदरल्याण्ड्सका लागि मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए । विक्रमजित सिंहले ३८ रन बनाए । रोलफ भान डर मर्वेले २१ रन बनाए ।
सुरुवाती १६ रन जोड्दा २ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि सिंह र एडवार्ड्स मिलेर तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि १६६-७ को अवस्थाबाट क्रोएस र रोलफ भान डर मर्वेले मिलेर अर्धशतकीय साझेदारी गरे ।
नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए ।
नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
प्रतिक्रिया 4