+

एरिकालाई तार्केश्वर नगरपालिकाको सम्मान

२०८२ जेठ  २२ गते ७:३५ २०८२ जेठ २२ गते ७:३५
एरिकालाई तार्केश्वर नगरपालिकाको सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तार्केश्वर नगरपालिका ले कराते खेलाडी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गर्यो।
  • एरिका गुरुङले मोरक्कोको रावतमा भएको प्रतियोगितामा ऐतिहासिक कांस्य पदक जितिन्।
  • उनीले प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जितेकी हुन्।

२२ जेठ, काठमाडौं । तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी कराते खेलाडी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे । कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।

मोरक्कोको रावतमा भएको प्रतियोगिताको एरिकाले महिला ६८ केजीमाथि समूहमा फ्रान्सकी पिए क्लमेन्सलाई ६-२ ले हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् ।

उनले प्रिमियर लिगमा पहिलो सहभागितामै पदक जित्दै इतिहास रचेकी हुन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय