 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५ सय रुपैयाँ वृद्धि भएको जानकारी दिएको छ।
- आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनभन्दा बढि हो।
- सुनको मूल्य एक हप्तामा करिब ६ हजार रुपैयाँले बढेको छ।
२२ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4