
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौं महानगरपालिका–१९ विष्णुमति लिंकरोड क्षेत्रमा वृक्षरोपण गरिएको हो।
- कार्यक्रममा प्रमुख अतिथि सृजना सिंहले प्रकृति संरक्षण र जलवायु परिवर्तनको न्यूनीकरणका लागि वृक्षारोपण आवश्यक भएको बताए।
- कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले भाग लिएका थिए।
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा वृक्षरोपण गरिएको छ । काठमाडौं महानगरपालिका–१९ स्थित विष्णुमति लिंकरोड क्षेत्रमा वृक्षरोपण गरिएको हो ।
प्रकृति बचाऔं, जलवायु परिवर्तन पृथ्वीको तापमान न्यूनीकरण गरौं, प्लाष्टिक प्रदूषण अन्त्य गरौं भन्ने नाराका साथ वृक्षरोपण गरिएको आयोजकमध्येको एक जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले जानकारी दिए ।
नेपाल महिला संघकी पूर्वअध्यक्ष सृजना सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडाध्यक्ष राजेशकुमार श्रेष्ठ, २० का अध्यक्ष न्हुच्छेकाजी महर्जन, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवालगायत सहभागी थिए ।
सिंहले वातावरणको संरक्षणमा महिलाको उल्लेख्य भूमिका रहने बताइन् । ‘हामी सबैको लडाईं प्लाष्टिक प्रदूषणविरुद्ध हुनुपर्छ, जसले वातवरण संरक्षणमा योगदान पुर्याउँछ,’ उनले भनिन् ।
यस्तै, नेपाल खड्गी सेवा समितिका अध्यक्ष अञ्जिता खड्की, जिल्ल होटल व्यवसायी संघ काठमाडौंका संस्थापक अध्यक्ष शैलेश कार्कीलगायत जिल्ला होटलसँग आवद्ध इकाइका अध्यक्ष, पदाधिकारीलगायत उपस्थित थिए । त्यसक्रममा असारे कपुर, स्वामी लप्सी जातका बिरुवाहरू रोपिएको बरालले जानकारी दिए ।
प्रतिक्रिया 4