+
+
Shares

सुनवलमा कोदालो प्रहार गरी बुबा र छिमेकीको हत्या

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १२:३६
Photo Credit : गौरीशंकर जैसवाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनवलमा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा र छिमेकीलाई कोदालो प्रहार गरी हत्या गरेका छन् ।
  • प्रहरीले घटनाको कारण खुल्न नसकेको र हेमराजलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ।

२३ जेठ, बुटवल । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?