+
+
Shares

बुटवल–नारायणगढ खण्डको गिरबारी पुल मर्मत, आजैदेखि यातायात चल्ने

२९ वैशाखका दिन अधिक भारका कारण क्षति भएर पुलबाट यातायात बन्द भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत चोरमारा बजारमा रहेको गिरुवारी पुल मर्मत सकिएको छ ।
  • २९ वैशाखमा अधिक भारका कारण पुल क्षतिग्रस्त भएपछि यातायात बन्द भएको थियो।

२३ जेठ, काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत चोरमारा बजारमा रहेको गिरबारी पुल मर्मत सकिएको छ ।

सडक आयोजनाका अनुसार यो पुलबाट आजैदेखि यातायात सुचारु गर्ने तयारी छ । २९ वैशाखका दिन अधिक भारका कारण क्षति भएर पुलबाट यातायात बन्द भएको थियो ।

पुलको आवश्यक मर्मत गरी यातायात सूचारु गर्न लागिएको समेत आयोजनाले जनाएको छ । उता, विनयी खोला पुल दुम्कीबासमा समेत निर्माणको काम अहिले धमाधम चलिरहेको छ । वर्षा अघि नै यो पुलबाट यातायात सुचारु गर्ने तयारी रहेको आयोजनाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?