+
+
Shares

मस्कसँग टकरावपछि टेस्ला कार बेच्दै ट्रम्प

ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पुर्‍याउने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको कार किनेको बताएका थिए।
  • तर, ट्रम्पले यतिबेला टेस्ला कार बेच्ने सोच व्यक्त गरेका छन्।
  • चीनले भने ट्रम्प र मस्कबीच बढ्दो तनावलाई अमेरिकाको आन्तरिक विषय भएको प्रतिक्रिया दिएको छ।

२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । मिडियाको सामु ह्वाइट हाउस अगाडि रातो रंगको टेस्ला कार देखाउँदै ट्रम्पले उक्त कार उनले आफैंले किनेका जानकारी दिएका थिए ।

तर, ट्रम्प अहिले उक्त टेस्ला कार बेच्ने सोचमा छन् । बिहीबार ट्रम्पले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गर्ने मस्कको कदमको विरोध गर्ने कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । खासमा ट्रम्पको कदमले मस्कको कार कम्पनी टेस्लालाई नोक्सान पुर्‍याउन सक्ने भएपछि मस्कले त्यसको आलाेचना गरेका थिए ।

ट्रम्पका अनुसार, सो विधेयकले विद्युतीय गाडीहरूमा दिइने कर छुट (ट्याक्स क्रेडिट) अन्त्य गर्ने प्रस्ताव राखेको छ, जसबाट टेस्ला घाटामा पर्न सक्छ र मस्क त्यसै कारण यस विधेयकको विरोधमा छन् । हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच तीव्र शब्दयुद्ध भएको थियो । त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पुर्‍याउने चेतावनी दिएका छन् ।

ट्रम्पको उक्त चेतावनीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेका छन् । यसैबीच, ट्रम्प-मस्क विवादबारे चिनियाँ विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिएको छ । शुक्रबार आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे प्रश्न सोधिएको थियो ।

जवाफमा उनले भने, ‘यो अमेरिकाको आन्तरिक विषय हो ।’ यदि ट्रम्पले मस्कविरुद्ध सरकारी संयन्त्र प्रयोग गरे भने मस्कका लागि यो भारी पर्न सक्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?