+

यू–१४ विद्यालय खेलकुद : १०० मिटर दौडमा आदित्य र गौरीलाई स्वर्ण

२०८२ जेठ  २५ गते १०:४४ २०८२ जेठ २५ गते १०:४४
यू–१४ विद्यालय खेलकुद : १०० मिटर दौडमा आदित्य र गौरीलाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत १०० मिटर दौडमा आदित्य यादव र गौरीकुमारी साउदले स्वर्ण जितेका छन्।
  • छात्रातर्फ आयन राना र सुष्मा बुढाले ४ सय मिटर दौड र लङजम्पमा स्वर्ण पदक जिते।
  • कर्णालीले दुई स्वर्ण सहित कुल १२ स्पर्धामा पहिलो दिन दुई स्वर्ण जितेको छ।

२५ जेठ, काठमाडौं । मधेश प्रदेशका आदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाआदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।

छात्रातर्फ गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफलेले कांस्य हात पारे ।

छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेस्रो बने ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए ।

उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ ।

सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् ।

यू–१४ विद्यालय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय