
२५ जेठ, दाङ । दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना भएको हो ।
बसमा सवार २१ यात्रुहरु घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट बखरियामा विद्यार्थी पुर्याएर फर्किरहेको रा १ त ८७० नम्बरको बसलाई उछिन्न खोज्दा यात्रुबाहक बस चिप्लिएर सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4