
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन सञ्चालनका लागि सहमतिको प्रक्रिया टुंग्याउने बताएका छन्।
- सदन खोल्न दलहरूबीच सहमति र समझदारीको भाषा टुंग्याइरहेको छ र भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न समिति गठनको तयारी भइरहेको छ।
- प्रतिनिधि सभा बैठक आजै दुई पटक सारिएको र साँझ साढे ५ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन।
२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन चलाउन सहमतिको भाषा र प्रक्रिया टुंग्याउन लागिएको बताएका छन् ।
संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘छलफल चलिराखेको छ । हामी सहमति र समझदारीको भाषा टुंग्याउने प्रक्रियामा र्छौं ।’
नेताहरूका अनुसार सदन खुलाउन मध्यमार्गी प्रस्तावमा दलहरू सहमतिमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धान सकाएपछि समग्रतामा अध्ययन गर्न छानबिन समिति बनाउन सत्तापक्ष तयार भएका छन् ।
त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्ने टिओर पाउने गरी छानबिन समिति बनाउने सहमति हुन लागेको छ ।
माओवादी अध्यक्ष प्रचण्डका अनुसार टीओरको भाषा र छानबिन समिति गठनको प्रक्रियाको भाषा मिलेपछि प्रतिनिधि सभाको बैठक बस्नेछ ।
आइतबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधि सभाको बैठक आजै दुई पटक सरिसकेको छ । साँझ साढे ५ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन ।
प्रतिक्रिया 4