
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक १३ जेठदेखि अवरोधको सामना गर्दै आएको छ।
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेका छन्।
- कांग्रेस र एमालेबीच भिजिट भिसा प्रकरणको छानबिन समितिको विषयमा सहमति जुट्ने प्रयास भइरहेको छ।
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।
प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन । यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन ।
आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्ताव अनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन् । यद्यपि सहमति जुटिसकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको हो ।
त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो ।
प्रतिक्रिया 4