+
आईसीसी क्रिकेट विश्वकप लिग २ :

बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई बलियो लक्ष्य

२०८२ जेठ  २५ गते १९:२४ २०८२ जेठ २५ गते १९:२४
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डसँगको क्रिकेट खेलमा ३२४ रनको लक्ष्य राख्यो।
  • कप्तान रिची बेरिङटन र माइकल लिस्कले शतक बनाए।
  • नेपालले दोस्रो खेलमा पनि स्कटल्याण्डलाई पराजित गरी सातौं स्थानमा छ।

२५ जेठ, काठमाडौं । कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कले विस्फोटक फिनिसिङ गर्दै अविजित ९६ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ ।

डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउँदै नेपाललाई ३२४ रनको बलियो लक्ष्य दिएको हो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो ।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लिग २ मा १४ खेल खेलेको नेपाल १० अंकसहित सातौंमा छ । स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ ।

लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।

आईसीसी विश्वकप लिग २
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय