+

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि

२०८२ जेठ  २५ गते २२:३८ २०८२ जेठ २५ गते २२:३८
पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म टियु अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ।
  • प्रतियोगितामा सिन्धुपाल्चोकका ७ टिम सहभागी हुनेछन् र विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
  • व्यक्तिगत पुरस्कारहरू र निःशुल्क प्रशिक्षणको व्यवस्था समेत रहेको छ।

२५ जेठ, काठमाडौं । पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको सातौं संस्करण जेठ २७ देखि सुरु हुने भएको छ ।

प्रतियोगिता असार २ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता रहनेछ।

अघिल्ला वर्षहरूमा जिल्लावासी खेलाडी मात्रै सहभागी हुने प्रावधान रहे पनि यसपटक बागमती प्रदेशका विभिन्न उमेर समूहबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका २ जना खेलाडीलाई हरेक टिममा सहभागी गराउने व्यवस्था गरिएको छ।

यसले सिन्धुपाल्चोकका युवा खेलाडीलाई अनुभवी खेलाडीहरूसँग ड्रेसिङ रुम साझा गर्न र उनीहरूको अनुभवबाट सिक्न मद्दत गर्ने आयोजकको विश्वास छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याच जस्ता व्यक्तिगत पुरस्कारहरू पनि प्रदान गरिनेछ।

साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमीले अघिल्ला वर्षझैं यसपटक पनि सर्वोत्कृष्ट खेलाडीलाई ६ महिनाको निःशुल्क प्रशिक्षण तथा उत्कृष्ट बलर र ब्याटरलाई ३ महिनाको निःशुल्क प्रशिक्षण दिनेछ।

एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीले पनि उत्कृष्ट खेलाडीहरूलाई ३ महिनाको निःशुल्क प्रशिक्षण दिने व्यवस्था गरेको छ।

प्रतियोगिता पाँचपोखरी गाउँपालिका खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा हुन लागेको हो।

आयोजकहरूले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

पाँचपोखरी टी–२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय