+

प्रशिक्षक नहटेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा

२०८२ जेठ  २६ गते १२:२३ २०८२ जेठ २६ गते १२:२३
प्रशिक्षक नहटेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोल्यान्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले प्रशिक्षक मिखाल प्रोबिएर्जको निर्णयपछि राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरे।
  • लेवान्डोस्कीले सामाजिक सञ्जालमा लेख्दै, 'परिस्थिति र प्रशिक्षकमाथिको विश्वास हराएको कारण, म पोल्यान्डको टिममा नखेल्ने निर्णय गरेको छु।'।
  • पोल्यान्ड फुटबल संघले प्रशिक्षक प्रोबिएर्जले नयाँ कप्तान जेलिन्स्की रहने र पत्रकार सम्मेलनमा जवाफ दिने जानकारी दिएकोछ।

२६ जेठ, काठमाडौं । पोल्यान्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले राष्ट्रिय टिमका प्रशिक्षक मिखाल प्रोबिएर्ज रहिन्जेल टोलीबाट नखेल्ने घोषणा गरेका छन्।

३६ वर्षीय लेवान्डोस्कीले पोल्यान्डका लागि १५८ खेलमा ८५ गोल गरेका छन्, तर हालको अन्तर्राष्ट्रिय खेलहरूमा भने उनी टिममा छैनन्।

पोल्यान्ड फुटबल संघले दिएको जानकारी अनुसार प्रशिक्षक प्रोबिएर्जले इन्टर मिलानका मिडफिल्डर प्योटर जेलिन्स्कीलाई नयाँ कप्तान बनाउने निर्णय लेवान्डोस्की र सम्पूर्ण टिमलाई जानकारी गराएका थिए।

यसपछि लेवान्डोस्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थिति र प्रशिक्षकमाथिको विश्वास हराएको कारण, जबसम्म उनी प्रशिक्षक रहन्छन्, म पोल्यान्डको राष्ट्रिय टिममा नखेल्ने निर्णय गरेको छु।
तर मलाई आशा छ, भविष्यमा फेरि टिमका उत्कृष्ट समर्थकहरूसँग खेल्ने मौका पाउनेछु।’

पोल्यान्ड फुटबल संघले थप जानकारी दिँदै  प्रशिक्षक प्रोबिएर्जले सोमबार पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरूको जवाफ दिने / उनीसँगै नयाँ कप्तान जेलिन्स्की पनि रहने जनाएको छ ।

प्रोबिएर्जले सेप्टेम्बर २०२३ मा प्रशिक्षकको भूमिका सम्हालेका थिए। तर युरो २०२४ मा पोल्यान्ड समूहको पुछारमा रहँदै सबैभन्दा पहिला प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपी विश्वकप २०२६ को छनोटमा भने पोल्यान्डले दुई खेलमा दुई जित दर्ता गर्दै समूहको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स तेस्रो स्थानमा छ।

-बीबीसीबाट

रोबर्ट लेवान्डोस्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय