+

शैलुङ अल्ट्रा रेस जेठ ३१ गते हुने

२०८२ जेठ  २६ गते १५:५४ २०८२ जेठ २६ गते १५:५४
शैलुङ अल्ट्रा रेस जेठ ३१ गते हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शैलुङ अल्ट्रा रेस २०२५ जेठ ३१ मा रामेछापमा आयोजना हुनेछ।
  • प्रतियोगितामा ५५ र ५ किमि दौड समावेश छ, पुरस्कार नगद र प्रमाणपत्र सहित।
  • लगभग १५० खेलाडी सहभागी हुने र लागत रु १९ लाख रहेको छ।

२६ जेठ, काठमाडौं । शैलुङ अल्ट्रा रेस २०२५ यही जेठ ३१ गते शनिबार रामेछाप जिल्लामा हुने भएको छ। सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार, नेपालको समन्वयमा हुने यस प्रतियोगितामा खुल्ला ५५ किमि र ५ किमिको दौड समावेश गरिएको छ।

५५ किमि दौड सांदी डाँडाबाट सुरु भई सैलुङ डाँडा, खाडादेबी मन्दिर, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क हुँदै सैलुङमै सम्पन्न हुनेछ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका विजेताहरूलाई नगद पुरस्कार दिइनेछ। पहिलो हुनेलाई रु १ लाख, दोस्रोलाई रु ५० हजार, तेस्रोलाई रु २५ हजार र चौथोदेखि दशौंसम्मलाई क्रमश: नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

राष्ट्रिय खेलकुद परिषद, स्थानीय तीन गाउँपालिका र खेलकुद विकास समितिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ।

विभागीय टिम, विभिन्न निकाय र केही विदेशी खेलाडीसहित करिब १५० जना खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। कुल लागत करिब रु १९ लाख रहेको छ।

प्रतियोगीहरू जेठ ३० गते बिहान ९ बजे दशरथ रंगशालाबाट प्रस्थान गर्नेछन्, जसको लागि बस, खाना र बसोबासको प्रबन्ध गरिएको छ।

शैलुङ अल्ट्रा रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय