
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रचना रिमाललाई रुकुम पश्चिमको महोत्सवमा प्रस्तुति दिने क्रममा स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरमार्फत नेपालगञ्ज हुँदै काठमाडौं ल्याइयो।
- रिमाल अहिले काठमाडौंको हेम्स अस्पतालमा भर्ना भएकी छन्।
काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दियो ।
रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले बतायो।
रिमाल अहिलेकी व्यस्त गायिका हुन् ।
तस्वीर : एलबी कटुवाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4