
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रहरी असई धीरबहादुर चन्दमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।
- प्रहरीले घटनाको अनुसन्धान थालेको र कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको जनाएको छ।
- भारतबाट अवैध सामान ओसारपसार गर्ने समूहले चन्दमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ।
२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बीरबहादुर चन्दमाथि कुटपिट भएको हो ।
भिडियोमा एक व्यक्ति असई चन्दलाई लछारपछार गर्दै गरेको देखिन्छ । चन्दको कमिज समेत च्यातिएको छ । प्रहरी निरीक्षक चन्दमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यांलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका प्रमुख समेत रहेका चन्दमाथि कुटपिट गरिएको घटनाको अनुसन्धान अघि बढेको जानकारी दिए ।
डीएसपी बोहराले चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने बताए ।
प्रहरीकाअनुसार चन्दमाथि केही दिन अगाडिमात्रै प्रहरी चौकी नजिकै दिउँसोको समयमा हातपात गर्दै कुटपिट भएको थियो । सीमा क्षेत्रमा सामान जाँच गर्ने क्रममा कुटपिट भएको खुलेको छ ।
कुटपिट गर्ने समूह भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4