+
+
Shares

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक २८ जेठ काठमाडौंमा सरेको छ र स्थगित भएको छ।
  • भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा संसद् चल्न सकेको छैन।
  • सत्तापक्षले प्रस्ताव राख्दा पनि स्वीकार नगर्दा संसद् गतिरोध जारी छ।

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको ।

भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ ।

यसलाई सत्तापक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताएका छन् ।

आज वा भोलिसम्म संसद् चल्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?