+

मधेशले जित्यो यू-१४ विद्यालय क्रिकेटको उपाधि

२०८२ जेठ  २९ गते २०:३० २०८२ जेठ २९ गते २०:३०
मधेशले जित्यो यू-१४ विद्यालय क्रिकेटको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशले यू–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जित्यो।
  • लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै मधेशले उपाधि जित्यो।
  • विजेतालाई राष्ट्रिय खेलकुद परिषद् का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कार दिए।

२९ जेठ, काठमाडौं । मधेश प्रदेशले यू-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीलाई ६ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोडे ।

बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो ।

लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन जोडे । मधेशका लागि कृष्ण महतोले ३, खिलराज सराफ र कप्तान कमलेश दासले समान २ तथा मोहम्मद ओजैफ अलीले १ विकेट लिएका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो ।

विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो ।

यू-१४ विद्यालय क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय