News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत तेक्वान्दोको पहिलो दिन १० स्वर्ण जित्यो।
- सुदूरपश्चिम, कर्णाली र मधेशले क्रमशः ३, १ र १ स्वर्ण हात पारे।
- अर्का स्पर्धाहरूको फाइनल शुक्रबार हुनेछ।
२९ जेठ, काठमाडौं । बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत तेक्वान्दोको पहिलो दिन बिहीबार १० स्वर्णको टुंगो लाग्दा ५ स्वर्ण जितेको छ ।
सुदूरपश्चिमले ३ तथा कर्णाली र मधेशले समान १–१ स्वर्ण हात पारे । १२ स्पर्धा रहेको तेक्वान्दोमा बाँकी २ स्पर्धाको फाइनल शुक्रबार हुनेछ ।
छात्र ५२ केजीमुनि सुदूरपश्चिमका विशालाराज भट्ट पहिलो भए । उनले फाइनलमा मधेशका आसिफ हुसेन अन्सारीलाई पराजित गरे । ४८ केजीमुनि फाइनलमा कर्णालीका निशान्त प्याकुरेलले गण्डकीका तजिन बुढाथोकीलाई हराउदै स्वर्ण जिते ।
छात्र ५१ केजीमुनि बागमतीका करण धोलीले गण्डकीका अजय जिसी तथा ४५ केजीमुनि बागमतीका कृष्ण विकले मधेशका समर नेपालीलाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थानमा रहे ।
छात्रा ४६ केजीमुनि बागमतीकी सोनिया तामाङले कर्णालीकी करुणा बुढा, ४४ केजीमुनि सुदूरपश्चिमकी दीपा जैसीले कोशीकी सोनिम भट्टराई, ४९ केजीमुनि सुदूरपश्चिमकी सुस्मिता विष्टले लुम्बिनीकी दीपिका कार्की र ४२ केजीमुनि मधेशकी सलिना यादवले कोशीकी कल्पना पाण्डेलाई फाइनलमा पन्छ्याउदै पहिलो बने ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको प्रतियोगिताको एकल पुम्सेको पुरुषमा बागमतीका विवास तामाङ तथा महिलामा बागमतीकै सरगम थापाले स्वर्ण चुमे ।
विवासले गण्डकीका सचिन विश्वकर्मा तथा सरगमले गण्डकीकी प्रतिक्षा रानालाई पछि पारे ।
प्रतिक्रिया 4