
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा करेन्ट लागेर दम्पतीको मृत्यु भयो।
- पूर्णबहादुर र फूलमाया लिम्बूले माछा मार्ने क्रममा करेन्ट लागेका थिए।
- शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको छ।
३१ जेठ, विराटनगर । करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ ।
सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4