+
+
Shares

मोहन वैद्यको स्वास्थ सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख भएको छ।
  • उहाँलाई आईसीयूबाट वार्डमा सारिएको र चिकित्सकको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज हुने तयारी भइरहेको छ।
  • उहाँको छातीमा संक्रमण र दमको समस्या रहेको चिकित्सकले बताएका छन्।

३१ जेठ, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

अहिले स्वास्थमा केही सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको पारिवारिक स्रोतले बतायो । ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ,’ पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो ।

अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको थियो ।

‘बेला–बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको छ,’ स्रोतले भन्यो, ‘चिकित्सकको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार ७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । दुई सातादेखि उनको आईसियुमा उपचार गरिएको थियो ।

अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?