+

बाउन्ड्रीभन्दा बाहिर उफ्रेर गरिएको क्याच अब मान्य नहुने

२०८२ जेठ  ३१ गते २२:०७ २०८२ जेठ ३१ गते २२:०७
बाउन्ड्रीभन्दा बाहिर उफ्रेर गरिएको क्याच अब मान्य नहुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ नियम ल्याएको छ, जसअनुसार फिल्डरले एकै पटक हावामा बल समाउने र सीमा बाहिर जान नपाउने व्यवस्था गरिएको छ।
  • सन् २०२५ जुन १७ देखि लागू हुने यो नियमले धेरै पटक हावामा बल समाउने फिल्डरको असन्तुलित हर्कतको अन्त्य गर्ने उद्देश्य राख्दछ।
  • यस नियम अनुसार, बल सीमा बाहिरबाट उफ्रिएर समाएपछि, फिल्डरले मैदानभित्र फर्कनुपर्नेछ, नभए चौका हुनेछ।

३१ जेठ, काठमाडौं । हामीले क्रिकेट खेलका दौरान बाउन्ड्री नजिकै खेलाडीले निकै गजब क्याच लिएको देखेका छौं । कतिपय अवस्थामा खेलाडीले बाउन्ड्री बाहिर जान लागेको बल हावामा उफ्रिएर भित्र फालेर फेरि आफू भित्र आएर क्याच पूरा गरेको देखेका छौं ।

त्यस्तै कतिपय अवस्थामा एकपटक बाहिरबाट फालेर फेरि भित्रबाट बाहिर गएर हावाम फालेर फेरि भित्र आएर क्याच पूरा गरेको पनि देखेका छौं । सन् २०२३ को बिग ब्यास लिगमा एक खेलमा खेलाडीले पहिले क्याच गरेर बल हावामा फालेर फेरि बाउन्ड्रीबाहिर गएर हावामा उफ्रिएर बल भित्र फालेर भित्र आएर क्याच पूरा गरेका थिए ।

तर अब यस्ता क्याचसम्बन्धी नियममा परिमार्जन गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नया नियम ल्याएको छ, जसमार्फत फिल्डर एकैसाथ बल समाउनु अनि सीमा बाहिर जान नपाउने व्यवस्था गरिएको छ ।

नयाँ नियमअनुसार फिल्डर हावामा हुँदा एक पटक मात्र सीमा बाहिर बल छुन सक्नेछ । त्यस पछि ऊ मैदानभित्र फर्कनुपर्नेछ । पहिले बाहिर गएर बल फालेर, फेरि हावामै बल उचालेर फिल्डमा फर्कने शैली अब स्वीकार गरिने छैन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियम सन् २०२५ जुन १७ देखि लागू हुनेछ । पछि सन् २०२६ अक्टोबरमा यो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को नियममा पनि समावेश गरिनेछ ।

यो नयाँ नियमको मुख्य उद्देश्य एकै पल्टमा धेरै चोटी हावामा बल समाउने फिल्डरको असन्तुलित हर्कतको अन्त्य गराउनु हुनेछ ।

नयाँ सीमा क्याच सम्बन्धी नियम

१९.५.२ फिल्डर जमिनमा नभई हावामा हुँदा, उसको अन्तिम ग्राउण्ड कन्ट्याक्ट बाउन्ड्री क्षेत्रमा पूर्णरूपमा नभएमा ऊ बाउन्ड्री बाहिर मानिनेछ । यो नियम त्यस्ता फिल्डरमा लागू हुनेछ जसको बलसँगको कन्ट्याक्ट बलरद्वारा बल फालेपछि हुन सक्छ ।

१९.५.२.१ फिल्डरको बलसँगको पहिलो कन्ट्याक्ट १९.५.२ विपरीत नभएमा, ऊ बाउन्ड्रीभन्दा बाहिरको स्थानमा उफ्रेर बल समाउन सक्छ । एक पटक हावामा बल समाईसके पछि, फिल्डरको पछि जमिनमा गरिएको हर एक कन्ट्याक्ट फिल्डको सीमाभित्र हुनुपर्नेछ । फिल्डरको त्यस्तो पछिको कन्ट्याक्ट सीमा बाहिर हुन गएमा — बलको कन्ट्याक्टमा भए पनि नभए पनि त्यो चौका हुनेछ ।

१९.५.२.२ बल फिल्डमा (अर्को फिल्डरलाई वा जमिनमा) फालिएको अवस्थामा बाउन्ड्री बाहिरबाट उफ्रने फिल्डर फिल्डको सीमाभित्र ओर्लनुपर्नेछ अनि बल डेड ठहर नभएसम्म त्यहीँ रहनुपर्नेछ । नभएमा चौका हुनेछ ।

बीबीएल २०२३ मा ब्रिस्बेन हीट्का नेसरले सीड्नी सिक्सर्सविरुद्ध यस्तो चमत्कारपूर्ण क्याच लिएका थिए (भिडियोमा हेर्नुस्)

त्यस्तै, २०२० मा हीट्का माट रेन्शाले पनि त्यस्तै प्रयास गरेका थिए । यस्ता क्याचले अब मान्यता पाउने छैनन् ।

एमसीसी क्रिकेट बाउन्ड्री क्याच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय