+

शारीरिक सुगठनमा पदक विजेता खेलाडी स्वदेश फर्किए

२०८२ असार  १ गते १४:५६ २०८२ असार १ गते १४:५६
शारीरिक सुगठनमा पदक विजेता खेलाडी स्वदेश फर्किए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राखेपले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतालाई स्वागत गरेको छ।
  • नेपालले प्रतियोगितामा १ स्वर्ण र ३ रजत पदक जित्यो र खेलाडीहरूलाई बधाइ दिइयो।
  • भुटानमा भएको प्रतियोगितामा नेपालका खेलाडीहरूले सफलतापूर्वक पदक जितेका थिए।

१ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाइ दिए ।

त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको थिम्पूमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजत पदक जितिन् ।

पुरुष ५५ केजी तौलसमूहमा सरद सुवालले रजत तथा पुरुष स्पोटर््स फिजिक १७५ सेन्टीमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोटर््स फिजिक १७५ सेन्टीमिटर माथि प्रनिश श्रेष्ठ पाँचौं स्थानमा रहे ।

स्वागत कार्यक्रममा सदस्य–सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितिसेको बताउदै पदक जितेर सारा नेपालीलाई खुशी बनाएकोमा खेलाडीलाई बधाइ दिए । उनले शारीरिक सुगठन खेल बारे भने– ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो’ ।

शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियलका रुपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।

व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

दक्षिण एसियाली शारीरिक सुगठन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय