
१ असार, सुर्खेत । कर्णालीमा विपक्षी दलहरूले प्रदेश सभा बहिष्कार गर्ने जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले योजना बैकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने बताएका हुन् ।
विपक्षीको असन्तुष्टि पछि प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेट अनिश्चित बनेको छ । आइतबार दिउँसो तीत बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
माओवादी लगाएका तीन दलले प्रदेश सभा बहिस्कार गर्ने भएपछि प्रदेश सरकारको बजेट प्रस्तुत नै अनिश्चित हुँने देखिएको छ । सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढङ्गले बजेट निर्माण प्रक्रिया अघि बढाएकाले विपक्षी दलहरू प्रदेश सभा बैठकमा सहभागी नहुने संयुक्त निर्णय गरिएको माओवादीका प्रमुख सचेतक कृष्ण बहादुर जिसीले जानकारी दिए ।
‘प्रदेशका सांसदलाई समेत योजना आयोगमा प्रतिबन्ध लगाएर बजेट बनाइएको छ,’ प्रमुख सचेतक जिसीले भने, ‘जनताका प्रतिनिधीहरुलाई प्रतिबन्ध लगाएर बजेट बनाइन्छ भने यस्तो बजेको स्वामित्व हामी लिन सक्दैनौ ।’ यस्तो पृष्ठभूमिबाट ल्याइएको बजेट पेस गर्नु दिनु आफ्ना लागी दुर्भाग्य नै भएको जिसीले बताए ।
योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने प्रमुख सचेतक जिसीले बताए ।
‘बजेट ल्याउँदा ऐन, कानुन र कुनै पनि मापदण्ड पुरा गरिएको छैन । बजेट भित्र के छ । त्यो हेर्ने भन्ने हाम्रो चासोको विषय होइन,’ उनले भने, ‘तर कानुको परिपालना त गर्नुभयो ।’
सत्तारुढ दल नेकपा एमालेले भने यस्ता विषय छलफलबाटै टुङ्ग्याउनुपर्ने र बजेट रोक्नु उपयुक्त नहुने बताएको छ । योजना आयोगमा सूची आइसकेपछि छलफल गर्ने विषयमा बजेट नै रोक्ने अडान लिनु राम्रो नभएको एमाले प्रमुख सचेतक टेकराज पछाइले बताए ।
बजेट प्रक्रिया अवरुद्ध भए अध्यादेशमार्फत पनि ल्याउन सकिने विकल्प रहेको उनको भनाइ छ । विपक्षीको अडानका कारण बैठक ढिला भए पनि छलफल र परामर्शबाटै समाधान खोजिने बताए ।
प्रतिक्रिया 4