
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजराइल–इरान युद्धका कारण सीमा नाका बन्द भएकाले नेपाल फर्किन सकेनन्।
- उनी साइरनको आवाज सुनेर बंकरमा लुक्ने गरेको र सुरक्षित रहेको जानकारी दिएका छन्।
- मेयर कोइरालाको नेपाल फर्किने कार्यक्रम २० असारमा रहेको थियो, तर विमानस्थल बन्द भएकाले अनिश्चित बनेको छ।
२ असार, विराटनगर । सहकारी अभ्यासबारे अध्ययन गर्न भन्दै इजराइलको पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला उतै अड्किएका छन् । इजरायल–इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला नेपाल फर्किन नपाएका हुन् ।
युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् । उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् । मेयर कोइरालाले आफू ‘सेफाइम’ भन्ने स्थानमा सुरक्षित रहेको जानकारी दिएका छन् । यो सहर राजधानीबाट ३० किलोमिटर दुरीमा छ ।
कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् । विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।
इरान इसराइल युद्धका कारण उतै रोकिएका कोइरालालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोन गरेर अवस्था बुझेका थिए ।
इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले मेयर कोइराला सुरक्षित रहेको जानकारी दिए । ‘मैले मेयरसापलाई फोन गरेको थिएँ, सुरक्षित हुनुहुन्छ,’ राजदूत पण्डितले अनलाइनखबरसँग भने, ‘युद्ध रोकिएर अन्तर्राष्ट्रिय उडान सुरु भएलगत्तै उहाँलाई नेपाल फर्किने वातावरण बनाइने छ ।’
प्रतिक्रिया 4