+

बागमती प्रदेश बजेट : खेलकुदमा १ अर्ब १६ करोड

२०८२ असार  २ गते ८:३५ २०८२ असार २ गते ८:३५
बागमती प्रदेश बजेट : खेलकुदमा १ अर्ब १६ करोड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि १ अर्ब १६ करोड बजेट खेलकुदमा विनियोजन गरेको छ।
  • बजेटमा खेलकुद नीति जारी गरी प्रतियोगिताको वार्षिक क्यालेन्डर निर्माण र अन्तर्राष्ट्रिय रंगशाला निर्माणसमेत समेटिएको छ।
  • सहकार्य र साझेदारीमा स्मार्ट स्पोर्ट्स सिटीको अवधारणा अनुसार ललितपुरको गोदावरी र अन्य रंगशालाको निर्माण कार्य अघि बढाइनेछ।

२ असार, काठमाडौं । बागमती प्रदेश सरकारले युवा तथा खेलकुदका लागि एक अर्बमाथिको बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुदका लागि १ अर्ब १६ करोड विनियोजन गरेका हुन् ।

बागमती प्रदेशको कुल बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको रहेको छ । जसमा युवा तथा खेलकुदतर्फ एक प्रतिशत भन्दा बढी बजेट छुट्याइएको हो ।

युवा तथा खेलुकदमा अघिल्लो वर्ष भन्दा ४२ करोडले बढी बजेट विनियोजन भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुदमा ७४ करोड बजेट छुट्याइएको थियो ।

बागमती प्रदेशमा युवा तथा खेल गतिविधिहरुलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षमा खेलकुद नीति जारी गरी कार्यान्वयन गरिने र खेलकुद प्रतियोगिताहरुको वार्षिक क्यालेन्डर निर्माण गरी सो अनुसार खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै संघीय सरकारसँगको सहकार्य तथा साझेदारीमा स्मार्ट स्पोर्ट्स सिटीको अवधारणा अनुसार ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला निर्माण कार्य अघि बढाउन ९ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा मकवानपुरको गौरिटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला र दोलखामा भिमेश्वर बहुउदेश्यीय रंगशाला निर्माण कार्य सम्पन्न गर्ने मन्त्री काफ्लेले बताएका छन् ।

खेल क्षेत्रको विकासका लागि सूचना केन्द्र तथा डिजिटल स्पोर्टस् लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख छ। आइस हकी र पर्वतीय तथा साहसिक खेल प्रतियोगिताहरूलाई उच्च प्राथमिकताका साथ प्रोत्साहित गर्दै लगिने जनाइएको छ।

एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान कार्यक्रम आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइने पनि उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहलगानीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ९ करोड बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेश बजेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय